काठमाडौं । दुई विकास बैंकसहित ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल टेलिकम, ग्लोबल आइएमई लघुवित्त, शिवम् सिमेन्ट्स र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन रहेको हो ।
यी ७ कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
तसर्थ, आज पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।
मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ । सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।