बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५० खर्ब नाघ्दा सीडी रेसियो ८० प्रतिशतमा झर्यो

काठमाडौं । चालु आर्थिक वर्षको १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५० खर्ब नाघ्दा सीडी रेसिया पनि ८० प्रतिशमा झरेको छ । चालु आवको पुस १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५० खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । सोही दिनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ६४ अर्ब रुपैयाँ पुगेको हो । अहिले बैंक तथा वित्तीय संस्थाको निक्षेप तथा कर्जाको अन्तर १० खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ ।

यसरी बैंक तथा वित्तीय संस्थामा सीडी रेसियो ८०.०२ प्रतिशतमा झर्नु भनेको बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुनु हो । राष्ट्र बैंकको यो तथ्यांकले के देखाउँछ भने अब बैंक तथा वित्तीय संस्था अधिक तरलतको अवस्थामा छन् भन्ने हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुुनुपर्ने व्यवस्था गरेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् । अर्को अर्थमा सीडी रेसियो ८० प्रतिशतमा झर्नु भनेको बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजीको पर्याप्तता बढी छ भन्नु हो ।

सो कर्जा लगानीमध्ये ४४ खर्ब ४० अर्ब वाणिज्य बैंक लगानी हो भने ५ खर्ब ८१ अर्ब विकास बैंक, फाइनान्स कम्पनीको कर्जा लगानी हो । लघु वित्त वित्तीय संस्थाको कर्जा भने यसमा जोडिएको हुँदैन । गत आवको अन्त्यसम्म बैंक तथा वित्तीय क्षेत्रको यस्तो लगानी ४८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो । सो कर्जा लगानीमध्ये ४३ खर्ब १५ अर्ब वाणिज्य बैंकहरूको लगानी हो ।

अस्ति पुस १५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ६० खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो निक्षेप पुस १४ गतेको भन्दा १ अर्बले कम हो । बैंक तथा वित्तीय संस्थामा रहेको सो निक्षेपमध्ये ५३ खर्ब ६७ अर्ब वाणिज्यहरूमा जम्मा भएको निक्षेप हो भर्न ६ खर्ब ९७ अर्ब विकास बैंक तथा फाइनान्स कम्पनीमा जम्मा भएको निक्षेप हो । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा राष्ट्र बैंकले आजै बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ प्रशोचन गर्दैछ ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ेदै गएको भने पनि समग्रमा अहिले बैंकहरू सीडी रेसियोको प्रेसरमै देखिएका छन् । औसतमा बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८०.०२ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो बढेर सीमा पुगेपनि अन्तर बैंक ब्याजदर भने २.४५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स