ब्याज घट्दै गएपछि ग्लोबल आईएमई बैंकको सस्तो कर्जा योजना, कतिमा पाइन्छ ऋण

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याज घट्दै गएपछि कर्जाको ब्याज पनि घट्ने क्रम जारी छ । ब्याज घट्दै गएपछि ग्लोबल आईएमई बैंकले पनि कर्जाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंकले मन्दीमा गएको अर्थतन्त्रलाई चलायमान गराउन भनेरअत्यन्तै महत्वका साथ नयाँ आवास कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले आम ग्राहकको सपनाको घरलाई साकार तुल्याउन नयाँ घर कर्जा योजन ल्याएको हो । ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना ल्याएको छ । बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्मको कर्जा सीमा भएको कर्जा योजना ल्याएको हो ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना जनाएको छ । बैंकको उक्त घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने छन् । तर, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ प्रतिशत फिक्स ब्याजदर तोकेको छ ।

बैंकले ल्याएको यो नयाँ प्रडक्ट आम उपभोक्ताले घर कर्जा सम्पत्ति खरिद गर्न लिइने सुरक्षित प्रकारको कर्जा हो । यसमा खरिद गरिएको सम्पत्तिलाई नै धितोको रुपमा प्रयोग गर्न सकिन्छ ।

बैंकले घर बनाउन, जग्गा खरिद गर्न र आवासीय भवन निर्माण गर्न, व्यक्तिगत घर वा आवासीय अपार्टमेण्ट खरिद गर्न, डेभलपरले बनाएको बंगला वा अपार्टमेण्ट खरिद गर्न, निर्माण भइसकेको आवसीय जग्गा वा घरका लागि पुनर्कर्जा प्राप्त गर्न, हालको भवनको मर्मत, स्वरुप परिवर्तन वा विस्तार गर्न र अन्य बैंक वा वित्तीय संस्थाबाट ऋण खरिद गर्नलाई सहज होस भन्ने उद्देश्यले नयाँ प्रडक्ट प्रदान गर्ने गरेको हो ।

बैंकले ल्याएको नयाँ प्रडक्ट काठमाडौं उपत्यकामा रहेको ग्राहकले सम्पत्तिको हकमा चल्तीको बजार मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी, उपत्यका बाहिर त्यस्तो मूल्यको ६० प्रतिशतसम्म ३० वर्ष भित्र चुक्ता गर्नु पर्नेछ । १ वर्षको ग्रेस अवधिमा सम्पूर्ण प्रक्रिया बैंकको रिलेशनशीप म्यानेजरहरूद्वारा राम्रो फाइनान्सिङका लागि परामर्श प्रदान गर्ने बैंकले प्रतिबद्धता गरेको छ । अवासको लागि आवश्यक पर्ने लोन प्राप्त गर्नलाई मासिक (इएमआई) वा त्रैमासिकको आधारमा बैंकको सबै शाखाबाट लोन लिन सकिनेछ ।

ग्लोबल आइएमई हायर पर्चेज लोन
ग्लोबल आईएमई हायर पर्चेज लोनले हेभी तथा हलुका गाडीहरू विशेष गरी ट्रक, बस, माइक्रोबस एक्स्काभेटर जस्ता कमर्सियल सवारी साधनहरु खरिद गर्न सकिन्छ । यस प्रडक्ट अन्तर्गत व्यवसायीक प्रयोजनका लागि नयाँ वा प्रयोग भएका सवारी साधन खरिद गर्न कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

बैंकले ल्याएको नयाँ कर्जामा व्यक्तिगत र व्यावसायिक दुवै सवारी साधान खरिद वा बिक्री गर्नलाई मासिक ईएमआई या त्रैमासिक किस्तावन्दीको आधारमा लोन लिन सकिने व्यवस्था बैकंले गरेको छ । बैंको सबै शाखाबाट एकदमै छिटो ग्राहकहरूले सजिलै कर्जा लिन सकिनेछ । कर्जा लिँदा ६ महिनासम्म ग्रेस पिरियड प्रदान गर्ने व्यवस्था गरेको छ, भने उक्त कर्जा ५ वर्ष भित्र चुक्ता गरिसक्नु पर्नेछ ।

यो ऋण प्रडक्टले सेयरको खरिद बिक्रीमा संलग्न वा पोर्टफोलियो लगानी गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई चालु पुँजी कर्जा उपलब्ध गराउन सहजीकरण गर्छ । यो कर्जाको रकम १८० दिनको सेयर मूल्यको औसत बजार मूल्य वा पछिल्लो कारोबार भएको मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशत बराबर हुन्छ । यसमा सार्वजनिक रुपमा कारोबार भइरहेका सेयरहरुले नै धितोको कार्य गर्छन् । बैंकको सञ्चालित सबै शाखाबाट कर्जा लिन सकिनेछ । सेयर धितोमा लिएको कर्जा ओभरड्रफ्ट ३६५ दिनभन्दा बढी हुने छैन् ।

प्रोफेशनल कर्जा
यो प्रडक्टले नियमित तलब बुझ्ने प्रोफेशनलहरूका व्यक्तिगत आवश्यकताहरूको पूर्ति गर्न सघाउँछ । यो गैर–सम्पत्तिमा आधारित ऋण हो र यो सम्पूर्ण रुपले व्यक्तिहरुको नगद प्रवाहमा भर पर्छ । यो कर्जाको लक्षित वर्गमा डाक्टर, इञ्जिनियर, बैंकर, चार्टर्ड एकाउण्टेण्ट, सरकारी अधिकारी, वकिल, शिक्षक तथा प्राध्यापक र प्रतिष्ठित कम्पनी तथा कर्पोरेशन एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्नेहरू पर्छन् ।

बैंकबाट लिएको किस्ताको आधारमा १ वर्ष देखि ५ वर्ष भित्र चुक्ता गर्नुपर्नेछ । बैंकले मासिक (इएमआई) वा त्रैमासिक (इक्यूआई) आधार वा त्रैमासिक ब्याज भुक्तानी लिन बैंकको सबै सबै शाखाहरूमा सुविधा लिन सकिनेछ ।

व्यक्तिगत कर्जा
बैंकले अन्य कर्जासँगै व्यक्तिगत कर्जा पनि प्रदान गर्नेछ । बैंकले लामो विदाको योजना, घरायसी सामान तथा उपकरण, इलेक्ट्रोनिक्स सामान वा अन्य कुनै अप्रत्यासित आवश्यकतालगायत तपाईंका व्यक्तिगत वा व्यावसायीक कुरामा फाइनान्सिङ आवश्यक परेमा त्यसको परिपूर्तिका लागि ग्लोबल आईएमई बन्धक कर्जा÷ग्लोबल व्यक्तिगत कर्जा ल्याएको हो ।

अटो कर्जा
बैंकले अटो कर्जा ल्याएको छ । बैंकले अन्य कर्जा सँगै अटो लोनमा विभिन्न खालका सुविधाहरु समावेश गरिएको छ जसले ग्राहकको फाइनान्सिङको आवश्यकतालाई पूरा गर्नेछ । यो प्रोडक्टको सरल डकुमेण्टेशन प्रक्रिया र द्रूत गतिको सेवा एवम लचकता जस्ता विशेषताका कारण तपाईंले आजको आजै आफ्नो (नयाँ वा सेकेण्ड ह्याण्ड) गाडी चलाउन सकिनेछ ।

बैंकले ल्याएको यस्तो कर्जा नयाँ सवारी साधन खरीद गर्न, अरु बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप सुविधा सेकेण्ड ह्याण्ड गाडीमा फाइनान्सिङ सुविधा लिने उद्देश्यले लोन प्रदान गरेको हो । सवारी साधनको मूल्यको ५० प्रतिशतसम्म फाइनान्सिङ (विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सिङ)

ग्लोबल आईएमई शैक्षिक कर्जा
बैंकले ग्लोबल आईएमई शैक्षिक कर्जा प्रदान गर्ने भएको छ । बैंकले उच्च शिक्षामा राम्रो नतिजा ल्याउन र राम्रो करियर बनाउन चाहने विद्यार्थीको फाइनान्सिङ आवश्यकता पूरा गर्नका लागि यस्तो कर्जा प्रदान गर्न लागेको हो । शैक्षिक कर्जाले विद्यार्थीहरुको वित्तीय आवश्यकतालाई यसरी पूरा गर्ने छ कि उनीहरुका सम्पूर्ण आवश्यकताहरु वीना कुनै झन्झट पूर्ति हुने बैंकले जनाएको छ । बैंकले शिक्षामा लाग्ने खर्चको ८० प्रतिशतसम्म रकम प्रवाह गर्नेछ ।

ग्राहकको मुद्दती निक्षेपको आधारमा ऋण

बैंकले ग्राहकको मुद्दती निक्षेपको आधारमा ऋण दिने भएको छ । ग्राहकले कुनै पनि समयमा शाखा वा मोबाइल बैंकिङमार्फत तत्काल यस्तो कर्जा लिन सक्नेछन् । यो ऋण मुद्दती सम्झौताको परिपक्वता अवधि भित्र डिमान्ड लोनको रूपमा प्रदान गर्न सकिन्छ । ग्राहकले कुनै पनि कागजात बिना तत्काल ऋण प्राप्त गर्न सक्नेछ ।

बैंकले कुनै भौतिक कागजात बिना नै तत्काल ऋण वितरण गर्नेछ । मुद्दती खातामा भएको मौज्दातको ९० प्रतिशतसम्म वा अधिकतम १० लाख रुपैयाँसम्मको कर्जा सुविधा लिन सकिने छ । बैंकले ल्याएको नयाँ प्रडक्ट ग्राहकको अनुरोधमा डिजिटल च्यानलमार्फत कर्जाको कर्जा अवधि अगाडी नै भुक्तानी गर्न सकिने ।

यस कर्जाको अवधि सम्बन्धित मुद्दती निक्षेप को अवधि मिति भन्दा एक दिन अगावै लिन सकिने व्यवस्था बैंकले जनाएको छ । बैंकबाट कर्जा लिएको ब्याज दर आधार दर वा कुपन दर प्लस २ प्रतिशत र मासिक प्रकाशित १ वर्ष सामान्य एफडी दर रहेको छ ।

किसान बैंकिङ कर्जा
बैंकले खेतीपाती गर्ने इच्छुक उपभोक्ताहरूको लागि आईएमई किसान कर्जा सार्वजनिक गरेको छ । बैंकले विभिन्न कर्जासँगै कृषिमा लगानी गर्नेहरूको लागि भनेर नयाँ कर्जा ल्याएको हो ।

पशुपालन, माछापालन, उपकरण खरिद, कृषि भण्डार तथा पानी घट्ट निर्माण, न्यूनलागतका आवासको निर्माणजस्ता कृषिसम्बन्धी विभिन्न गतिविधिहरूका लागि चालु पुँजी वार स्थिर पुँजीको आवश्यकता पूरा गर्न बैंकंकले निश्चित अवधिमा समाप्त हुने आधारमा ऋण सुविधा उपलब्ध गराउने गरी यस्तो प्रडक्ट ल्याएको जनाएको छ । बैंकले पूर्ण रुपमा कृषि वा कृषि सम्बन्धी व्यवसायमा अनुभव भएको र कृषि सम्बन्धी गतिविधिबाट आम्दानीको स्रोत भएको व्यक्तिलाई प्राथमिकता दिइनेगरी नयाँ कर्जा ल्याएको छ ।

किसानहरूलाई व्यक्तिगतरुपमा कृषि उपकरणहरू किन्नका लागि किसानहरूलाई रिभल्भिङ कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले यो कर्जा ल्याएको छ । ग्लोबल आईएमई बैंकको (बेलौरी शाखामा मात्र उपलब्ध) हुनेगरी कर्जाको व्यवस्था गरेको छ । महाकाली सुगर इण्डष्ट्रिज प्रा. लि. (एमएसआई)ले किसानहरूसँग उखु खरिद गर्दा जारी गरेको रसिद वा बिलको बदलामा ऋण जारी गरिने छ ।

कृषि कर्जा
बैंकले कृषि सम्बन्धी उत्पादन गर्न किसानहरूको लागि ऋण दिने व्यवस्था गरेको छ । बैंकले ल्याएको यो ऋण पाउन योग्य योजना भएका, जोस र इमान्दार मनोवृत्ति भएका तर आफ्नो व्यावसायीक सपनालाई सार्थक बनाउन पुँजीको अभाव झेलिरहेका ग्रामीण र अर्धसहरी क्षेत्रका किसानहरूको आवश्यकता पूरा गर्नका लागि ग्लोबल आईएमई बैंकले योजना बनाएको छ । पशुपालन तथा विभिन्न मौसमी बालीहरुको खेती गर्नका लागि बैंकले कर्जामा पहुँच सरल र सहज बनाएको छ । यस्तो कर्जाले पशुपालन, मत्स्यपालन, कुखुरापालन, पुष्प खेती, रेशम खेती, बागवानी आदिमा लगानी बढाउने उद्देश्य लिएको छ ।

साना तथा मझौला उद्यम कर्जा
बैंकले साना तथा मझौला उद्यम कर्जा सार्वजनिक गरेको छ । बैंकले व्यवसाय सञ्चालन तथा विस्तारका लागि उपयुक्त वित्तीय समाधान हुर्ने गरी नयाँ प्रडक्ट ल्याएको हो ।

हाम्रो एसएमई कर्जाले तपाईंको विशिष्ट व्यवसायिक आवश्यकताको पूर्ति गर्न तपाईंलाई सक्षम बनाउँछ । साना व्यवसाय तथा प्रतिवद्धताहरूका लागि लगानी व्यवस्थापन गर्ने उद्देश्यले उपभेक्ताहरूलाई ऋण दिने भएको छ ।

बैंकले ल्याएको यस प्रडक्टमा म्यादी कर्जा लगानी तथा लिज सुविधा, जस्तैः अटो लोन, हायर पर्चेज आदि अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण खरिद पुँजीगत खर्चका लागि लगानी सुविधा (स्थिर आवधिक कर्जा) एलसी÷ट्रस्ट रिसिट (टीआर) जस्ता व्यापारसम्बन्धी सुविधाहरु तथा बैंक ग्यारेण्टी जस्ता नन–फण्डेड सुविधाहरूका लागि लगानी गर्न यो कर्जा लिन सकिने व्यवस्था गरेको छ ।

पूर्वाधार/परियोजना ऋण
बैंकले अन्य कर्जा ल्याए सँगै पूर्वाधार परियोजन कर्जा पनि सार्वजनिक गरेको छ । ‘ग्रीन फिल्ड’ आयोजनासहित विभिन्न प्रकारका पूर्वाधार र परियोजनाहरूमा लगानी गर्दछ । बैंकले हाल जलविद्युत, सिमेण्ट, स्टिल, होटल र आवास लगायत विविध परियोजनाहरूमा लगानी गरेको छ ।

त्यस्ता परियोजनाहरुको वित्तीय तथा प्राविधिक सम्भाव्यताको समीक्षा गर्नका लागि हाम्रा विज्ञ तथा अनुभवी रिलेशनसिप म्यानेजरहरूले निरन्तर काम गरिरहेका हुन्छन् ।

पूर्वाधार/परियोजना ऋण योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकले आवधिक कर्जा, चालु पुँजी कर्जा, प्रतित पत्र (एलसी), ब्रिज ग्याप ऋणलगायतका कर्जा सुविधाहरु उपलब्ध गराउदै आएको छ । बैंकले यस्ता कर्जा सुविधाहरु व्यवसायको आवश्यकता र परियोजनाको नगद प्रवाहसँग मेल खाने गरी डिजाइन गरिएको छ ।

कन्सोर्टियम ऋण

ठूला परियोजनाहरूका लागि बैंकले कन्सोर्टियम कर्जा उपलब्ध गरउने भएको छ । हाल यस बैंकले जलविद्युत, स्टिल र होटल परियोजनाहरूमा प्रमुख बैंकको रुपमा कन्सोर्टियम ऋणको व्यवस्थपन गरिरहेको छ ।

साथै, जलविद्यिुत, सिमेण्ट, होटल तथा औषधीलगायत लगानीका अन्य क्षेत्रमा समेत बैंकले विभिन्न कन्सोर्टियम ऋणमा सहभागिता जनाइसकेको छ । यस्तो सुविधाका बारेमा थप जानकारीका लागि तपाईंले बैंकको कमलादी कार्यालयमा रहेको पूर्वाधार÷परियोजना लगानी र कन्सोर्टियम विभाग वा आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

ग्लोबल साना व्यवसाय कर्जा

बैंकले साना व्यवसाय कर्जा आफ्नो व्यवसाय बढाउन खोजिरहेका साना व्यवसायहरू र व्यक्तिहरूको लागि तैयार गरिएको एक विशेष प्रोडक्ट ल्याएको हो । ग्लोबल साना व्यवसाय कर्जाको साथ, ग्लोबल बैंक लिमिटेडले साना व्यवसायलाई उच्चतम कर्जा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस कर्जा योजनालाई बैंकको शाखा आसपासमा रहेका साना व्यवसाय तथा व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स