मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आज बुधबारदेखि बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

साथै कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

बैंकले कारोबार समयमा (ट्रेडिङ आवर) धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स