नागरिक लगानी कोषमा ५ जनाको सर्टलिष्टिङ, कस्ले मार्ला बाजी ?

नागरिक लागनी कोष(सीआईटी)को कार्यकारी निर्देशक (ईडी) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । कोषको कायर्कारी निर्देशक छनोट समितिको मंगलबार (पुस १० गते) बसेको बैठकले ५ जनाको नाम सर्ट लिष्ट गरी सिफारिस गरेको हो ।

कार्यकारी निर्देशक पदका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठको नाम सर्टलिष्ट गरिएको छनौट तथा सिफारिस समितिले जनाएको छ । पाँचै जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पुस १७ गते नागरिक लगानी कोषको कार्यालयमा बोलाइएको छ ।

कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएको समितिको भनाइ छ ।

नागरिक लगानी कोष हाक्न कसलाई रोज्ला सरकारले, को को छन् प्रतिस्पर्धामा ?

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनोट गरेकोे बताइएको छ ।

अब ५ जनाले दिने प्रस्तुती तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई ईडीका लागि सिफारिस गरी ती तीनै जनामध्ये एक जना कोषको कार्यकारी निर्देशक बन्नेछ ।

सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले ईडी पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ ।

नागरिक लगानी कोषको सर्टलिष्टमा पर्न सक्ने सम्भावना बोकेका ३ आवेदक

किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सर्टलिष्टको पहिलो नम्बरमा परेका छन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले राष्ट्र बैंकमा तीन दशक काम गरेका थिए । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् ।

सर्टलिष्टमा परेकामध्ये राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेका कार्यअनुभव छ । उनी डा. चिरञ्जीबि नेपाल राष्ट्र बैंकका गभर्नर भएका बेला कम्पनी सचिव र गभर्नर कार्यालयमा बसेर विश्वासपात्रको रुमपा काम गरेका थिए ।

लेखनाथ शर्मा पंगेनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरिसकेका छन । उनले अर्थ मन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका थिए ।

युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी पनि सर्टलिष्टमा परेका छन् । पूर्व बैंकर उनी तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा उनको अनुभव २५ वर्षभन्दा बढी छ ।

डा.शिवहरी श्रेष्ठले राष्ट्रिय खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धक भएर काम गरिसकेका छन् । उनले राष्ट्रिय बीमा संस्थानको प्रशासक भएर पनि काम गरिसकेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ र नेपाल औद्योगिक विकासमा पनि साढे दुई दशक काम गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको छात्रवृत्तिमा अर्थशास्त्रमा विद्यावारिधि पनि गरेका छन् ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2023/12/कार्यकारी-निर्देशक-छनौट-समितिको-छनौट-सम्वन्धि-सूचना.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स