काठमाडौं । पछिल्लो समय बैंकहरूले निक्षेपको ब्याजदर घटाउ थालेसँगै कर्जाको ब्याजदर पनि घट्न थालेका छ । अन्य बैंकले जस्तै कुमारी बैंकले पनि बचतको ब्याजदर न्यूनतम ४.६१ प्रतिशतदेखि अधिकतम ६.५१ प्रतिशत र मुद्दती निक्षेपमा ७.३१ प्रतिशतदेखि कर्जा अवधिको आधारमा ९.३१ प्रतिशतसम्म तोकेको छ ।
कार्तिक महिनामा बैंकको बेसरेट १०.७७ प्रतिशतमा छरेको छ । असोज महिनासम्म बैंकको यस्तो दर १०.९१ प्रतिशत रहेको थियो । बैंकहरूले अझै बेसरेट घटाउन सक्ने ठाउँ अहिले देखिएपनि पहिला मुद्दती निक्षेपमा लिएको महँगो निक्षेपले बैंकको कष्ट अफ फन्ड अझै माथि छ ।
महँगो ब्याजका कारण कर्जा जान नसकेपछि बैंकहरूले कर्जाको विभिन्न प्रडक्ट ल्याएर आम नागरिकलाई कर्जा उपलब्ध गराउने योजना ल्याएका छन् । कुमारी बैंकले पनि पछिल्लो पटक ११.११ प्रतिशत ब्याजमा केबीएल साना उद्यमी कर्जा ल्याएको छ भने हाउस लोन, अटो लोन, शिक्षा लोनलगायतका प्रडक्टमा पनि सहुलियत दरमा बैंकले उपलब्ध गराइरहेको छ ।
कुमारी बैंकको घर कर्जा योजना
कुमारी बैंकले नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र आवसीय भवन/घर जग्गा खरिद गर्न अपार्टमेन्ट खरिद, मर्मत सम्भार तथा विस्तार गर्नलाई ४० प्रतिशत देखि उपत्यका बाहिरा खरिद वा निर्माण गर्न ५० प्रतिशत कायम हुनेगरी घर नयाँ कर्जा योजना ल्याएको हो ।
बैंकले ल्याएको यो नयाँ प्रडक्कमा आवसीय घर निर्माण गर्न काठमाडौं उपत्यका भित्र ५० प्रतिशत र उपत्यका बाहिरा ६० प्रतिशत कायम हुर्ने गरी यस्तो कर्जा लिन सकिने व्यवस्था बैंकले प्रतिवद्धता गरेको छ ।
बैंकले ल्याएको सो योजनामार्फत आवासिय सम्पत्ति खरिद गर्न, घर विस्तार गर्न, पुरानो घरको मर्मत वा पुनस्र्थापना गर्न नयाँ घरको निर्माण गर्न, अपार्टमेन्ट भवन खरिद गर्न र जग्गा जमिन खरिद गर्न सकिने छ ।
सवारी साधन कर्जा
बैंकले घर कर्जासँगै दैनिक रुपमा अति आवश्यक पर्ने सवारी साधन कर्जाको पनि नयाँ योजना ल्याएको छ । बैंकले ल्याएको यो योजना सबैभन्दा लचिलो सवारी साधन कर्जा भएको बैंकको दावी छ । बैंकले व्यक्तिगत प्रयोजनको लागि सवारी साधन खरिद गर्नलाई ५० प्रतिशत विद्युतीय सवारी साधान खरिदको लागि ८० प्रतिशत र कमर्शियल प्रयोजनको लागि सवारी साधान खरिद गर्नेलाई ७० प्रतिशतसम्म ऋण उपलब्ध गराउने जनाएको छ ।
कुमारी मार्जिन लेन्डिङ कर्जा
बैंकले कर्जा लिई सेयर किनौ छिटो, किने पछि साही सेयर रार्खौ धितो भनी कुमारी मार्जिन लेन्डिङ ल्याएको छ । नेपाल धितोपत्र विनिमय बजारमा अत्याहिक कारोवार हुने सेयर खरिदका लागि यो कर्जा हाल सम्मकै उपयोगी प्रडक्ट मानिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत सेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने र ७२ घण्टामै कर्जा प्रवाह हुनेछ । न्यूनतम प्रोसेसिङ फी एवम् न्यूनतम ब्याजदर बुझाउर्ने गरी ७० वर्षसम्म उमेर पुगेका निवेदकहरूले कर्जा लिन सकिने बैंकले शर्त ताकेको छ ।
कुमारी शुभलाभ घरघरायासी कर्जा
कुमारी बैंकले टाई–अप भन्दै कुमारी शुभलाभ घरघरायासी कर्जा योजना ल्याएको छ । बैंकले मानव स्वास्थ्य, खाद्यान्नलगायतका क्षेत्रका विभिन्न संस्थासँग सहकाय गरेर यस्तो कर्जा ल्याएको हो । बैंकले पेय पदार्थ, शिक्षा, स्पा, फिटनेस, इलेक्ट्रोनिक उपकरणहरू र अन्य धेरै क्षेत्रहरूमा कर्जा दिने भएको छ ।
बैंकले दिने नयाँ कर्जामा स्मार्ट मोबाईल बैंकिङबाट पनि सेवा सुविधा सकिन्छ । बैंकको अन्य सुविधा सँगै कुमारी मीसकल बैंकिङ सेवा, कुमारी फोनलोन र इन्टरनेट बैंकिङबाट सजिलै धितो कर्जालगायतका सुविधा लिन सकिन्छ ।
बैंकले ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ ।