नेपाल बैंकले पुस २९ गते बोलायो साधारण सभा

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभा प्रयोजनार्थ बैंकले पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले पुस २० गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स