प्रिमियम मूल्यमा एफपीओ जारी गर्न हिमालयन बैंकले बोलायो ३१औं साधारणसभा

काठमाडौं । हिमालयन बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ३१औं वार्षिक साधारणसभाका लागि पुस २९ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बोलाएको हो ।

बैंकको सभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन र एफपीओको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व १ जना गरी ५ जनाको निर्वाचन गर्नेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको ३ करोड ३३ लाख १७ हजार ७६० रुपैयाँलाई अनुमोदन गर्नेछ छ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस २० गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स