सीएसआर कोषको ४० प्रतिशत रकम भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक क्षेत्रमा खर्च गर्न सकिने

काठमाडौं । अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरूले भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनरनिर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्यार्ई रकमको ४० प्रतिशतसम्म खर्च गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन संशोधन गर्दै आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को मुनाफाबाट सो प्रतिशतसम्म रकम खर्च गर्न पाउने व्यवस्था गरेको हो ।

यसअघि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई वित्तीय साक्षरता प्रवद्र्धन गर्ने लगायतका क्रियाकलापलाई प्रोत्साहित गर्न प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था थियो । यसरी गरिएको खर्चको विस्तृत संस्थागत विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकले निर्देश गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स