५ जना नयाँ सदस्य चयन गर्दै बैंकर्स संघको ३७ औं साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा पाँच जना सीईओ थपिएका छन् । वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको ३७ औं साधारणले रिक्त पाँच सदस्यमा नयाँ चयन गरेको हो ।

बैंकर्स संघको कार्यसमितिमा प्रभु बैंकका सीईओ अशोक शेरचन, सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ, सिद्धार्थ बैंकका सीईओ सुन्दर कँडेल र प्राइम कमर्शियल बैंकका सीईओ सन्जिब मानन्धर चयन भएका हुन् ।

संघको कार्यसमितिको अध्यक्षमा एनएमबी बैंकका सीईओ सुनिल केसी छन् भने उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला छन् । संघको कार्यकाल दुई बर्षको हुन्छ, अर्को वर्ष कोइराला अध्यक्ष बन्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स