नेप्सेले गर्यो मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ ।

बैंकले कारोबार समयमा (ट्रेडिङ आवर) धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले पुस ५ गते ९बिहीबार० दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत बैंकलाई निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स