कृषि विकास बैंकको संचालक समिति सदस्यमा महेश आचार्य नियुक्त

काठमाडौं । कृषि बिकास बैंक लिमिटेड बैंकको संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार आचार्यलाई बैंकको संचालक समितिको सदस्यमा नियुक्त गरिएको हो ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र , गोविन्द भट्टराई ,संजिव पौडेल, विनोद कुमार गुरांगाई, रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स