मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश गरि कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स