काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइरालाको पुनः नियुक्ति भएका छन् । उनी बैंकको सीईओमा दोहोरिएका हुन् । २०७६ वैशाख १ पहिलो पटक सीईओमा ४ वर्षका लागि नियुक्त भएका कोइरालाले अहिले दोस्रो कार्यकालको लागि नियुक्ति पाएका हुन् ।
बैंकको सञ्चालक समितिको आज बसेको बैठकले कोइरालालाई थप ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने दिने निर्णय गरेको हो । कोइरालासँग बैंकिङ क्षेत्रको साढे २ दशक भन्दा लामो अनुभव छ ।
उनको कार्यकालमा बैंकमा संस्थागत सुशासनमा अब्बल बनेको छ ।कोइराला सीईओ बनेपछि माछापुच्छ्रे बैंकको वित्तीय सूचकांकमा उल्लेख्य सुधार हुँदै गएको छ । उनको कार्यकालमा डिजिटल प्रविधिमा फड्को मारेका छ ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्याण्डको इरासमस यूनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’मा डिप्लोमा गरेका छन् ।