गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स