४ महिनामा वाणिज्य बैंकहरूले मात्रै छुट्याए लोन लस प्रोभिजिनमा २७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले २७ अर्ब रुपैयाँ लोन लस प्रोभिजनको लागि रकम छुट्याएका छन् । गत असोजको तुलनामा बैंकहरूको बैंकहरूले खराब कर्जा वापत छुट्याएको रकम केहि प्रोभिजन केहि बढेपनि गत असारको तुलनामा भने घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरूले खराब कर्जाका लागि ५७ अर्ब ४३ करोड रुपैयाँ प्राभिजिन गरेका थिए भने चालु आर्थिक वर्षको पहिलो चौमासमा आइपुग्दा ३० अर्ब ३१ करोड रुपैयाँले घटेर २७ अर्ब १२ करोड रुपैयाँमा खुम्चिएको छ ।

लोन लस प्रोभिजनमा जनरल, पास, वाच, स्पेशल एडिशनल लोन लस प्रोभिजन पर्छ भने यो बाहेक राष्ट्र बैंकले गैर बैकिंङ सम्पत्ति, इन्भेष्टमेन्ट र अन्य सम्पत्तिबाट हुने लस फलफिल गर्नको लागि प्रोभिजन गर्न लगाउने गरेको छ । बैंकहरूले जोखिम वहन गर्न छुट्याएको रकम मध्य २७ अर्ब १० करोड लोन लस प्रोभिजिङको लागि छुट्याएका हुन् ।

देशमा सञ्चालित अन्य बैंकले लोन लस प्रोभिजनको लागि अर्बभन्दा माथि रकम छट्याउदा सिटिजन्स बैंक, एनएमबि बैंक, प्राइम बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम बैंकको लोन लस प्रोभिजन भने अर्बभन्दा कम छ । सबैभन्दा कम प्रोभिजन प्राइम बैंकको छ भने सबैभन्दा बढी प्रोभिजन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ ।

लोन लस प्रोभिजनको लागि सबैभन्दा बढी रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छट्याएको छ । बैंकले चालु आवको कार्तिकसम्म ५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छट्याएको छ । यद्यपि बैंकले गत असार मसान्तको तुलनामा भने घटाएको छ । असार मसान्तसम्म बैंकको यस्तो प्रोभिजन ९ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

लोन लस प्रोभिजन बढी गर्ने दोस्रो नम्बरमा परेको कुमारी बैंकले चालु आवको पहिलो चौमासमा ३ अर्ब ४० करोड रुपैयाँ छट्याएको छ । गत आवको अन्त्यसम्म ११ अर्ब ७२ करोड रुपैयाँ लोन लस प्रोभिजनमा छट्याएको कुमारी बैंकले पहिलो चौमासमै आधा प्रोभिजन घटाउन सफल भएको छ ।

बढी लोन लस प्रोभिजन छट्याउने बैंकको तेस्रो सूचीमा लक्ष्मी सनराइज बैंक परेको छ । लक्ष्मी सनराइज बैंकले चालु आवको कार्तिकसम्म २ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ । बैंकले पनि गत आव अन्त्यको भन्दा यस्तो प्रोभिजन केहि घटाएको छ ।

चालु आवको पहिलो चौमासमा प्राइम बैंकले लोन लस प्रोभिजनको लागि २० करोड रुपैयाँ छट्याउँदा प्रभु बैंकले ३६ करोड रुपैयाँ छुट्याएको छ । सिटिजन्स बैंकले ५६ करोड रुपैयाँ लोन लस प्रोभिजन छुट्याउँदा एनएमबि बैंकले ५१ करोड, सानिमाले ८१ करोड, एभरेष्ट बैंकले ४२ करोड स्ट्याण्र्डड चाटर्ड बैंकले ४१ करोड, हिमालयन बैंकले ६८ करोड, नेपाल एसबिआई बैंकले ८३ करोड, माछापुच्छ्रे बैंकले १४ करोड रुपैयाँ लोन लस प्रोभिजनको लागि रकम छुट्याएको छ ।

चालु आवको पहिलो चौमासमा नेपाल बैंकले १ अर्ब ३९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८२ करोड, नबिल बैंकले १ अर्ब ४२ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४३ करोड, कृषि विकास बैंकले २ अर्ब १९ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब ७७ करोड रुपैयाँ लोन लस प्रोभिजनमा छुट्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स