नबिल बैंकको डिबेन्चरमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन परेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमासबै डिबेन्चर बिक्री भएकाजनाएको छ । पहिलो पटक दिएको समयमा नै बैंकले सो कित्ता डिबेन्चर बिक्री गर्न सफल भएको हो ।

बैंकले कुल ३० लाख कित्ता ऋणपत्र (डिबेन्चर) मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको थियो । सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामुहिक कोषका लागि समेत समावेश गरेकोे थियो ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ ।

नबिल बैंकले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स