कुमारी बैंकले आउँदै गरेको चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ ।

आउँदो पुस ८ गते देखि २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वर्ष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम एक हजार रूपैयाँ हुनुपर्नेछ । उक्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।

डिजिटल बैंकिङ सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैंक सदैब तत्पर छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स