नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन रहेको हो ।

बैंकले ‘९% नबील डिबेञ्चर २०८७’ का १००० रूपैयाँ अंकित दरका ३० लाख कित्ताको बिक्री खुलाएको हो ।

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ । सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ ।

सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स