बैंक तथा वित्तीय संस्थाको नाफा १८ प्रतिशतले घट्यो, १९ बैंकलाई पछि पार्दै नबिल नाफामा फष्ट

कसको नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाले २२ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको खुद नाफा २७ अर्ब ५९ करोड रुपैयाँ थियो । चालु आवका बैंक तथा वित्तीय गरेको नाफा गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले कम हो ।
सो नाफामध्ये २० वटा वाणिज्य बैंकले ४ महिनामा २० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले २५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

असोज मसान्त वाणिज्यहरूले १३ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । वाणिज्य बैंकहरूले एक महिनाको अवधिमा आफ्नो ७ अर्ब २६ करोड बढी हो ।

चालु आवको पहिलो चौमाससम्म २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । बैंकले चालु आवको यो अवधिमा २ अर्ब १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बढी नाफा गर्ने दोस्रो नम्बरको बैंकमाग्लोबल आईएमई बैंक परेको छ । बैंकले यो अवधिमा एक अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा एक अर्ब ८६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कृषि विकास बैंक भने चौथो महिनामा पनि नोक्सानीमै रहेको छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्ममा २७ करोड ८८ लाख रुपैयाँ नोक्सानी देखिएको छ । यो चार महिनामा सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेर थोरै नाफा कमाउने पहिलो बैंक बनेको छ ।

हिमालयन बैंकले १ अर्ब ५० करोड, राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब २० करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले एक अर्ब ५३ करोड, एनआईसी एशिया बैंकले एक अर्ब ३७ करोड रुपैयाँ, एनएमबि बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

एभरेष्ट बैंकले एक अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने प्रभु बैंकले एक अर्ब ५ करोेड रुपैयाँ नाफा आर्जन गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले ९८ करोड, कुमारी बैंकले ८८ करोड, सानिमा बैंकले ७७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ६७ करोड, नेपाल बैंकले ६६ करोड ८१ लाख, नेपाल एसबिआई बैंकले ६० करोड, सिटिजन्स बैंकले ५८ करोड, लक्ष्मी सनराइज बैंकले ५१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स