काठमाडौं । घट्दो ब्याजदरलाई लक्षित गरेर गरिमा विकास बैंकले देश सुधाउँदो कर्जाका प्रडक्टहरू ल्याएको छ । बैंकले कर्पोरेट लोनभन्दा रिटेल लोनलाई प्राथामिकतामा राखेर आफ्नो कर्जा योजनाहरू सार्वजनिक गरेको हो ।
बैंकले नयाँ ब्याजदरमा सार्वजनिक गरेका प्रडक्टहरूमध्ये नयाँ होम लोन सबैको मन जित्ने एक महत्वपूर्ण प्रडक्ट हो । बैंकले आवास निर्माणका लागि स्थायी आय भएका व्यक्तिहरूलाई घर निर्माण, घरजग्गा खरिद तथा घर मर्मत सम्भार गर्न यस्तो कर्जा उपलब्ध गराउने गर्दछ । बैंकले होमलोन अन्तर्गत विभिन्न प्रकृतिका घर कर्जा उपलब्ध गराएर ग्राहकलाई सुविधा दिएको हो ।
बैंककले ल्याएको यो नयाँ प्रडक्टमा न्यूनतम ४ लाख देखि अधिकतम एकल ग्राहक कर्जा सीमा (२ करोड) सम्म कर्जा अवधि लिन सकिने छ भने उक्त लोन ३० वर्षसम्ममा चुक्ता गरिसक्नु पर्नेछ ।
बैंकबाट लिएको सो कर्जा समान मासिक किस्ताबन्दी स्ट्याण्डर्ड ट्यारिफ चार्ज (एटीसी) अनुसार तिर्न सकिने छ भने धितो सुरक्षण मूल्यको अधिकतम मासिक किस्ताबन्दी अनुसार पनि तिर्न सक्ने व्यवस्था मिलाएको छ । राष्ट्र बैंकले होमलोनका लागि धितो मूल्यांकनको ६० प्रतिशतसमम दिन सक्ने नयाँ व्यवस्था गरेको छ । बैंकले कर्पोरेट लोनभन्दा रिटेल लोनलाई प्राथामिकतामा राखेर घर कर्जा योजना ल्याएको हो ।
के के कागजात बुझाउनु पर्छ होमलोनको लागि बैंकलाई ?
कर्जाका लागि माग फारम भरर्नुपर्ने छ ।
जमानतकर्ताको पूर्ण विवरण पुरा हुनुपर्ने छ ।
व्यक्तिको नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
कर बूझाएको रसिद सहितको प्रमाणित गरिएको तलवी भरपाई/घरभाडा आम्दानी/रेमिट्यान्स/व्यवसाय/अन्य आम्दानी रहेको हुनुपर्ने ।
व्यक्तिगत स्थायी लेखा नम्बर (पान नम्बर) हुनुपर्ने ।
घर धितोमा राख्नु परेको हकमा घर सम्पन्न भएको प्रमाणपत्र साथै जग्गाधनी लालपूर्जा हुनुपर्ने ।
चालू आव जग्गाको राजस्व भुक्तानी गरेको रसिद सहित चार किल्ला प्रमाणित भएको हुनुपर्ने ।
जग्गाको ट्रेस नक्सा÷ कम्प्यूटर नक्सा र ब्लू प्रिन्ट भएको हुनुपर्ने ।
हायर पर्चेज कर्जा
होम लोन जस्तै बैंकले हायर पर्चेज कर्जाको प्रडक्ट सार्वजनिक गरेको छ । र्बैकले ल्याएको उक्ता कर्जामा नयाँ सवारी साधनको हकमा ७५ प्रतिशतसम्म र पुरानो सवारी साधानकोे हकमा मूल्यांकित रकमको ७० प्रतिशतसम्म लोन लिन सक्ने बैंकको प्रतिवद्धता छ । सकेण्ड हेण्ड सवारी खरिदको हकमा बैंकले तोकेको मूल्यांकनकर्ताले गरेको मूल्यांकित रकम अनुसार हुनेछ । बैंकले ३ लाख रुपैयाँदेखि अधिकतम एकल गहक कर्जा सीमासम्म कर्जा पाइने व्यवस्था बैंकले गरेको छ ।
बैंकबाट लिएको उक्त कर्जाको ऋण अधिकतम ८ वर्षभित्र चुक्ता गरिसक्नुपर्ने छ । बैंकले गरेको प्रकाशित ब्याजदर अनूसार स्ट्याण्र्डड ट्यारिफ चार्ज (एसटीसी), ग्रेस अवधि घर निर्माणको लागि बढिमा १ वर्ष र कर्जा भुक्तानी मासिक किस्ताबन्दी प्रणाली अनुसार साँवा र ब्याज गरी चुक्ता गनुपर्ने छ ।
सेयर धितो कर्जा
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको सेयर, म्यूच्युअल फण्ड तथा अन्य फण्ड धितो लिई व्यक्तिगत तथा संस्थागत फर्म/कम्पनीलाई बैंकले सेयर कर्जा प्रदान गर्नेछ ।
उक्त कर्जामा न्यूनतम ५ लाख देखि अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सिमा सम्म लोन लिन सकिनेछ । नेपाल राष्ट्र बैंकले व्यक्तिगतर्फ १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँसम्म सेयर धितोकर्जा लिन पाउने व्यवस्था गरेको छ ।
बैंकले ल्याएको उक्त कर्जा भुक्तानी मासिक, त्रैमासिक ब्याज गरी एक वर्ष भित्र चुक्त गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।
कृषि कर्जा
बैंकले अन्य विभिन्न कर्जासँगै कृषक तथा कृषि तथ पशुपालनमा व्यवसाय गर्न चाहनेलाई लक्षित गरी कृषि कर्जा ल्याएको छ । कृषि फर्म वा फलफूल, फोल्ट्री, डेरी, पशूपालन, माछापालन, तरकारीजन्य वस्तु उत्पादन र बिक्री वितरण लगायतको कृषि परियोजना सञ्चालन यो प्रडक्ट ल्याएको हो ।
बैंकले ल्याएको यो कर्जा १ लाख देखि अधिकतम एकल ग्राहक कर्जा (५ करोड रुपैयाँ) लिन सकिने व्यवस्था छ । बैंकले ओभर ड्राफको लागि १ वर्ष र आवधिक कर्जा १० वर्ष र ट्रयाक्टर तथा कृषि मेसिनरी र उपकरण खरिदका लागि प्रवाह भएको कर्जाको अवधि ५ वर्षसम्म चुक्त गर्नु पर्ने व्यवस्था गरेको छ ।
बैंकले ल्याएको सो कर्जा फर्मको हकमा, सरोकारवाला निकायबाट व्यवसाय सञ्चालन गर्नका लागि कानुनी रूपमा दर्ता भइ अनुमति पाएको हुनुपर्नेछ । बैंकले कृषि कर्जा अन्तर्गत अधिविकर्ष कर्जा र आवधिक कर्जा सूविधा पनि प्रदान गर्दै आएको छ ।
व्यापार अवधि ऋण
बैंकले दैनिक व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने गरी कार्यशील पुँजी पूरा गर्नका लागि ग्राहकहरूलाई छोटो अवधिको ऋण प्रदान गर्दै आएको छ । बैंकले हालको सम्पत्ति, ओभरेड तथा प्रशासनिक खर्चहरूको आवश्यकता पुरा गर्न यस्तो कर्जा ल्याएको हो ।
बैंकले यो सुविधा ओभरड्राफ्ट तथा कार्यशील पुँजीको रूपमा प्रदान गर्न सक्छ । बैंकको कर्जाको छोटो अवधि अधिकतम १ वर्ष हुनेछ । ग्राहकको आवश्यकता र सन्तोषजनक लेनदेन अनुसार नवीकरणको अधिनमा रहनुपर्नेछ ।
बैंकले ल्याएको सो कर्जाको अधिकतम अवधि ओभरड्राफ्ट कर्जाको हकमा नवीकरण गर्नको लागि एक वर्षको हुनेछ भने निश्चित अवधिको ऋण आदिको हकमा ऋणको अवधि एक वर्षभन्दा बढी र परियोजनाको प्रकृति र ग्राहकको आवश्यकता अनुसार २० वर्षसम्म भित्र चुक्ता गरि सक्नुपर्ने छ ।
भुक्तानी कार्यशील पुँजी प्रकृतिको ऋणको हकमा मासिक वा त्रैमासिक आधारमा ब्याज भुक्तानी गर्न सकिन्छ र निश्चित अवधि ऋणको हकमा साँवा र ब्याज ईएमआईको आधारमा भुक्तानी गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।