एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता भएको छ ।

दुवै कम्पनीले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यूएईमा रहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल ९वेबसाइट तथा मोबाइल एप० बाट नेपालमा रकम पठाउन सहज हुने विश्वासले साझेदारी गरेको दुबै कम्पनीले बताएका छन् ।

एआई अनसरी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एनआईसी एशिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ इकाई र १६ हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत् भुक्तानी लिन सकिनेछ ।

साथै, यस बैंकको मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबाइल बैंक) भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा गई रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स