काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले एक वर्षमा १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक पाएका छन् ।
बैंकका सीइओ गणेशराज पोखरेले तलब तथा सुविधा बापत १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक पाएका हुन् ।
उनले तलब ८४ लाख, भत्ता ३० लाख, दशैं भत्ता ९ लाख ५० हजार र सञ्चयकोष योगदान बापत ८ लाख ४० हजार रुपैयाँ लिएको बैंकले प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।
यस्तै बैंकका अन्य कार्यकारी पदाधिकारीहरुले २ करोड ३० लाख २६ हजार ६४४ रुपैयाँ तलब लिएको देखिएको छ ।
बैंकको साधारण सभा कार्तिक १६ गते तोकिएको छ ।