२ अर्ब ७१ करोड सेयर लगानी कर्ताको खातामा नगद लाभांश पठाउन थाल्यो ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैक लिमीटेडले लगानी कर्ताहरूलाई वितरण गर्ने निर्णय गरेको नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको छ । बैंकले साधारण सभा लगत्तै बैंकका सेयरधनीको खातामा लाभांश पठाउन सुरु गरेको हो । कंम्पनीको १७ औं वार्षिक साधारणसभाले ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० को कुल मुनाफावाट बैकले आफ्ना सेयर धनीहरूलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश वापत २ अर्ब ७१ करोड ८६ लाख ५६० रुपयाँ आफ्ना सेयरधनीको खातामा पठाउन सुरु गरिसकेको छ ।

नगद लाभांश वितरण गर्दा कंम्पनीको मूल्य समायोजन नहुने र उक्त रकमले पुनः लगानी कर्ताले छानी राम्रो कंम्पनीको सेयर खरिद गर्ने अवसर पाउने छन् । आर्थिक वर्ष २०७९/०८० मा बैंकको खुद ब्याज आम्दानी तर्फ अधिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स