स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै पुष १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.५६ प्रतिशत र रेमिट्यान्स बचत खातामा ९.५६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत, ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र रेमिट्यान्स खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले पुसमा साधारण बचत खातामा न्यूनतम ३.६० प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ५.६५ प्रतिशत ब्याज दिनेछ । यसअघि मंसिरमा बैंकले ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत र रेमिट्यान्स खातामा ६.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स