काठमाडौं । कुमारी बैंकले सातामै दोस्रो पटक निक्षेपको ब्याजदर घटाएको छ। बैंकले यसअघि गत मंसिर २४ गते ब्याजदर घटाएको थियो ।
बैंकले आज शुक्रबार एक सुचना जारी गरि पुनः निक्षेपको ब्याजदर घटाएको हो ।
आज घटाएको ब्याजदर भने पुस १ गतेबाट लागु हुने बैंकले जनाएको छ ।
नयाँ ब्याजदर अनुसार बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको ब्याज अधिकतम ९.३१ प्रतिशत ब्याज दिने छ। एक वर्षसम्मको ब्याज ७.७५ प्रतिशत तोकिएको छ। संस्थागत तर्फ एक वर्षसम्मको ब्याज ६.७५ प्रतिशत तथा १ वर्ष भन्दा बढी अवधिको ब्याज ७.३१ प्रतिशत तोकिएको छ ।