काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ ।
बिहीबार बैंकको ३.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ रहेकोमा समायोजन पछि बैंकको सेयर मूल्य ३१०.३६ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर आइतबार पुस १ गते बैंकको कारोबार खुल्ने छ ।