प्रोग्रेशिभ फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले २०८०/३/३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउन बाटो खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स