डलरको भाउ हालसम्मकै उच्च, आयातमुखी देशलाई घाटा

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार मंसिर २८ गते १ डलरको बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

१ अमेरिकी डलरको खरिददर पनि १३३ रुपैयाँ १५ पैसा कायम भएको छ । यसअघि मंसिर १५ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा र खरिददर पनि १३३ रुपैयाँ १४ पैसामा पुगेर रेकर्ड कायम गरेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

पछिल्लो समय विविध कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने केही फाइदा हुन सक्छ ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। अहिले पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउन सुरु गरिसकेको छ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स