नेप्सेमा एक विकास बैंकसहित दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक विकास बैंकसहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेपाल इन्स्योरेन्स कम्पनी र मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा, नेपाल नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ८७५ रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७९५.४५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४२८ रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३९०.८७ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर भोलि मंसिर २८ गते दुनै कम्पनीको कारोबार खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स