गरिमा विकास बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । गरिमा विकास बैंकले निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै आज मंसिर २७ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.४० र संस्थागततर्फ ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसअघि बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.७५ र संस्थागततर्फ ७.७५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो।

बैंकले बचततर्फ अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेकोमा घटाएर ४.४० प्रतिशत कायम गरेको छ ।

त्यस्तै, साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतमा ६.४० प्रतिशतसम्म र रेमिट्यान्स बचत खातामा ७.४० प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स