लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत गरी कुल ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स