काठमाडौं । प्रकाश राज शर्मा लघुवित्त बैंकर्स संघको अध्यक्ष बनेका छन् । शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट शर्मा सर्वसहम्मतिले अध्यक्ष बनेका हुन् । शर्मा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुन् ।
त्यस्तो मिन बहादुर बोहोरा उपाध्यक्ष चयन हुँदा राज बहादुर यादव महासचिव बनेका छन् । सचिवमा केशव कुमार पौडेल, केषाध्यक्षमा प्रेमवहादुर पाठक र सदस्यहरूमा श्रीराम पोखरेल, विमला योगी, विनोद आचार्य, बद्रीप्रसाद दुलाल, प्रविणकुमार लामा र गंगाधर पाण्डे गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।