काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले कायम चुक्ता पुँजीको ५.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार २ सय रुपैयाँ रहेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।