काठमाडौं । माछापुच्छ्रे बैंकले आजदेखि लागू हुने गरि ब्याजदर घटाएको छ । बैंकले एक सूचना जारी गरि आज मंसिर २६ गतेदेखि लागू हुनेगरि ब्याजदर घटाएको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।
जसमा बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ । यसअघि बैंकले मंसिरका लागि १०.६० प्रतिशत र ८.६० प्रतिशत रहेको थियो ।
बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ ।