लुम्बिनी विकास बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ४.५० प्रतिशत नगद लाभांश गरि कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स