डेपुटी गभर्नर मिश्रले बैंकको बढ्दो/घट्दो ब्याजदरलाई मुटुको विरामीसँग तुलना गर्दै राष्ट्र हस्तक्षपको बचाउ गरे

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर बमवहादुर मिश्रले बैंकको बढ्दो/घट्दो ब्याजदरलाई मुटुको विरामीसँग तुलना गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १५ औ साधारणसभालाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले ईसीजीको ग्राफ तलमाथि भएका मानिसलाई भेन्टिलेटरमा सार्नु पर्ने जस्तै बैंकको ब्याजदर तलमाथि हुँदा समस्या आउने देखेर त्यस्तो हुन नदिन राष्ट्र बैंकले परिपत्र जारी गरेको बताएका छन् ।

‘बैकिङ सिष्टममै समस्या नआओस् भन्नका लागि अर्थात बैंकहरूको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न त्यो प्रकारको निर्देशन दिएको हो,’ उनले भने ‘कम्तीमा पनि ५/६ महिनासम्म ब्याजदरमा स्थिरता आओस् भन्नका लागि त्यसो गरिएको हो ।’ डेपुटी गभर्नर मिश्रले ब्याजदर तलमाथि हुन नदिन त्यस्तो निर्देशन दिएको बताएका हुन् ।

बैंकहरू साह्रेै मिओपिक भएको उनले बताए । ‘५/६ महिनालाई महिनाको पनि अनुमान गर्न नसक्ने भएको भन्दै डेपुटी गभर्नरले गुनासो गरेका हुन् । निर्देशन हचुवाको भरमा नआई राष्ट्र बैंकमा रहेको अनुभवी टिमले बुझेर र गहन अध्ययन गरेर ल्याएको उनले बताए । राष्ट्र बैंकले आफूले गर्नु पर्ने काम गरिरहेको पनि उनले बताए ।

‘बजारमा हल्ला भएको जस्तो तरलताको समस्या जटिल नरहेको समेत उनले बताए । तरलताको छिट्टै सहज हुने भन्दै उनले नआत्तिन आग्रह गरेका हुन् । तरलता अभाव भयो भन्नु सामान्य विरामीलाई अस्पतालमा लगेर आईसीयूमा राखे जस्तै हो, बाहिर चर्चा गरिए जस्तो तरलता अभाव छैन,’ उनले भने ।

कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले नाफाको पछाडि नलागी संस्था बलियो बनाउन लाग्नु पर्ने बताए । ‘अहिले लघुवित्तहरूले जतिसुकै खराब कर्जा लुकाएपनि एक न एक दिन बाहिर आउने भएकोले अहिले नै सचेत र सम्यम भएका अगाडि बढ्न पनि सुझाव दिए ।

त्यसरी नै कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लघुवित्तहरूले लाभांश बाड्दा नगदमाभन्दा बोनसमा जोड दिनुपर्ने बताए । उनले भने ‘३० लाख ऋणीमाझ पुगेका लघुवित्तमा वाणिज्य बैंकका १४ लाख ऋणी पनि थपेर बुझ्नु पर्ने बताए ।

लघुवित्त बैंकर्स संघको साधारणसभाले आजै नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स