काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको हो।
जसअनुसार अब विदेशी मुद्राको कारोबार गर्न छुट्टाछुटै निकायबाट अनुमति लिनुपर्ने भएको छ । यसअघि विदेशी विनियम कारोबार गर्न विदेशी विनिमय कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले पाउँदै थिए । अब भने विदेशी विनिमय कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले विनियमावलीअनुसार इजाजतपत्र पाउनेछन् ।
राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सेवाका लागि अनुमति शुल्क पनि तोकेको छ । राष्ट्र बैंकले डिपार्टमेण्टल स्टोर÷सुपर मार्केट, एयरलाइन्स र तीन तारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रत्येक कारोबार स्थानका लागि प्रति वर्ष ४ हजार रूपैयाँका दरले तथा अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवम् सरकारी निकायले प्रत्येक स्थानका लागि प्रति वर्ष २ हजार रूपैयाँका दरले इजाजतपत्रको शुल्क एकमुष्ट रुपमा राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था गरेको छ ।
यस्तो छ पूर्णपाठ :
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/12/nrb.pdf” cache=”off”]