काठमाडौं । एनएमबि बैंकले आज मंसिर २५ गतेदेखि लागू हुने गरेर ब्याजदर घटाएको छ । बैंकले सोमबार सूचना जारी गर्दै पुस महिनामा मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बैंकले १० वर्ष माथिको मुद्दति निक्षेपको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिर १ गतेबाट बैंकले अधिकतम ९.५० प्रतिशत ब्याजदर दिंदै आएको थियो ।
यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत निर्धारण गरेको छ । यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ९ प्रतिशत र न्यूनतम ७ प्रतिशत मात्र ब्याज दिने भएको छ । यसअघि एनआईसी एसिया र कुमारी बैंकले पनि ब्याजदर घटाएर सूचना जारी गरिसकेका छन् ।