स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्तापूँजीको १९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मामा ४.९७ अर्ब रुपैयाँ सञ्चालन नाफा गरेको छ। कम्पनीको आम्दानी ४७ प्रतिशतले बढेर ७ अर्ब ८ करोड रुपैयाँ र करपछिको नाफा ५३.६ प्रतिशतले बढेर ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

सभामा कम्पनीका अध्यक्ष जरिन दारुवालाले निरन्तर सहयोग गर्ने सबै लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दैजोखिम व्यवस्थापनको बलियो आधारशिला निर्माण गर्दै बैंक सञ्चालनको इतिहासमा सबैभन्दा उच्चतम प्रतिफल दिएको बताइन् ।

साथै उनले वित्तीय कार्यसम्पादन सुधार गर्न प्रयासरत रहेको पनि बताइन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स