सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतबार लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनसहित ०.२६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ ।

हाल कम्पनीले देशभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स