कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले निक्षेपको ब्याजदर ह्वात्तै घटाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ब्याजदर घटाउने योजना ल्याएपछि बंैकले ब्याजदर घटाएका होे । बैंकदर, नीतिगत दर र निक्षेपको बोल कबोल दर घटाएसँगै कुमारी बैंकले सोही अनुसार नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

मंसिर २४ गतेबाटै लागू हुने गरि कुमारी बैंकले एक वर्ष भन्दा बढी अवसधको मुद्दति निक्षेपको ब्याजदर ९.६१० प्रतिशत कायम गरेको छ । यस अघि ६ महिना भन्दा बढी अवधिका लागि बैंकले १०.०१० प्रतिशतले ब्याजदर दिएको थियो । अब भने ९.६१० प्रतिशत मात्रै ब्याज दिनेछ ।

६ महिनादेखि एक महिनासम्मको मुद्दति निक्षेपमा भने बैंकले ९.०१० प्रतिशत ब्याजदर दिनेछ । निक्षेपमा घटाईएको ब्याजदर अनुसार नै अब कर्जाको ब्याजदर समेत घटाउने बैंकले जनाएको छ ।

बैंकले बचत खाताको ब्याजदर पनि ०.८ प्रतिशतले घटाएको छ । हालसम्म बचत खातामा ७.५१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले अब अर्थात मंसिर २४ गतेदेखि भने ६.७१ प्रतिशत कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने उद्देश्यसहित मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदरलाई ०.५ प्रतिशतले घटाएको थियो । यसअघि ७.५ प्रतिशत रहेको बैंक दर अब ७ प्रतिशत कायम भएको छ ।

नीतिगत दर झन १ प्रतिशतले घटाएको थियो । हालसम्म ६.५ प्रतिशत रहेको नीतिगत दर घटेर अब ५.५ प्रतिशतमा सीमित भएको छ । राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल दरपनि ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स