घर जग्गा र सेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले समीक्षा मार्फत सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशतले घटाएर १२५ प्रतिशतमा झारेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जा दुवैको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।

यसअघि उक्त जोखिम भार १५० प्रतिशत थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स