हबिबको सेयर बिक्री गर्न हिमालयन बैंकले राष्ट्र बैंकसँग माग्यो स्वीकृति (पत्रसहित)

पाकिस्तानी बैंक हबिबले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४६ कित्ता सेयर बिक्री गर्न नेपाल राष्ट्र बैंकसँग सहमति मागेको छ । १३० रुपैयाँका दरले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई ३ अर्ब ६४ करोड रुपैयाँमा उक्त सेयर खरिद–बिक्री गर्ने सम्झौता सम्पन्न गरिसकेकोले छ ।

सेयर खरिद बिक्रीका लागि नियमन निकायको स्वीकृति आवश्यक भएकाले हिमालयन बैंकले स्वीकृतिको लागि राष्ट्र बैंकमा पत्र पठाएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले राष्ट्र बैंक विभागीय प्रमुखलाई सम्बोधन गरेर लेखेका छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/12/Himalayan-Re.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स