ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंकको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् पनि हुन् । उनले डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका छन् ।

यसअघि उनी बैंकको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स