महिला लघुवित्तको प्रस्तावित लाभांशमा २.५ प्रतिशत बोनस थप

काठमाडौं । महिला लघुवित्तले लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुल लाभांश यथावत् राखेर बोनस सेयर र नगद लाभांशको दर हेरफेर गरिएको हो ।

महिलाका लगानीकर्ताहरुले ५० प्रतिशत नै लाभांश पाउने छन् । तर, त्यसमा ४७.५ प्रतिशत बोनस सेयर र २।५ प्रतिशत नगद लाभांश ९कर प्रयोजन० हुनेछ ।

यसअघि कम्पनको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । यो लाभांश प्रस्ताव यसपालीको उच्च हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स