नबिल बैंकले मंसिर २९ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

काठमाडौं । नबिल बैंकले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वार्षिक ९ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलम विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई निष्काशन हुने छ।

यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिक्रम २५ कित्ताको लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले छिटोमा पुस ३ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स