नेपाल बैंकको एक्जिम बैंक, इन्डियासँंग आयात निर्यात व्यापार सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक, इन्डियासँंग वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु ट्रेड एसिस्टेन्स प्रोगर्याम (टीएपी) अन्तर्गत सम्झौता भएको छ । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।

नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरूबीच एक्जिम बैंक, इन्डियामा भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन्, ‘हामी एक्जिम बैंक, इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि एक्जिम बैंक, इन्डियासँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं’ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स