राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, महत्वपूर्ण विभाग पौडेललाई, अन्य कहाँ ?

काठमाडौं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूकाको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले एकै पटक ५ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकको निकै शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यकारी निर्देशक गुरु पौडेलको सरुवा भएको छ । पौडेल यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । राष्ट्र बैंकमा नियमन विभागलाई शक्तिशाली विभाग मानिन्छ । यो विभागले ‘क’ देखि ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने काम गर्दछ ।

यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टको भुक्तानी प्रणाली विभागमा सरुवा भएको छ । यसैगरी विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको भएको छ ।

वित्त व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई मानव संशाधन विभाग प्रमुख बनाइएको छ । आगामी २४ गतेदेखि लागू हुने गरी अहिले ५ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो । राष्ट्र बैंकले अन्य कार्यकारी निर्देशकहरूको पनि सरुवा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स