काठमाडौं । मौद्रिक नीति समीक्षा ल्याउने समय घट्की सक्दा मंगलबार बोलाएको राष्ट्र बैंकको बोर्ड बैठकमा पनि मौद्रिक नीतिको समीक्षा प्रस्ताव परेको छैन । यसको अर्थ मंगलबार पनि मौद्रिक नीतिको समीक्षा नआउने भएको हो ।
नेपाल राष्ट्र बैंकले भोलि मंगलबार बोलाएको बोर्ड बैठकमा पनि चालु आवको पहिलो त्रैमासको समीक्षा बैठक नबोलाएको हो । मौद्रिक नीति समीक्षाका विषयमा शुक्रबार नै राष्ट्र बैंक उच्च व्यवस्थापनमा छलफल भएको बुझिएको छ ।
राष्ट्रले गरेको नीतिगत व्यवस्थापनका कारण चौतफी आलोचना भइरहेको बेला आउने नीतिमा पनि नयाँ अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने विषय समेटन नसकिने हुँदा मौद्रिक नीति समीक्षामा राष्ट्र बैंक समेत उदासीन देखिएको हो ।
अर्थतन्त्र चलायमान बनाउने नीति ल्याउन राष्ट्र बैंक सहमत नहुने र स्वयम प्रधानमन्त्रीबाट समेत दवाव आएपछि राष्ट्र बैंक स्रद्धान्तिक रुपमा आफूले रोजेको बाटो सही हुने र केहि समय पश्चाय यो विषय सबैले बुझ्ने भन्दै आफ्नो अडानमा बसेको छ ।
सरकार तथा अर्थ मन्त्रालयबाट आएका विषयमा सम्बोधन नभएर गभर्नर एक्लैले सैद्धान्तिक आडमा नीतिगत सहजीकरण गर्न तयार नभएपछि राष्ट्र बैंक बोर्ड बैठकका सञ्चालक समेत रहेका अर्थ सचिव यस अघिको दुई बोर्ड बैठकमा उपस्थित भएनन् ।
नीतिगत सहजीकरण नगरिने बुझेपछि अर्थतन्त्र चलाउने जिम्मा पाएको अर्थ मन्त्रालय टिम पनि गभर्नर महाप्रसाद अधिकारीसँग खुशी छैन । सो कारणले पनि भोलि मंगलबार बोलाएको बोर्ड बैठकमा बैंकका रिपोर्टहरू पास गर्ने प्रस्तावहरू समेटिए पनि मौद्रिक नीति समीक्षाका वारेका कुनै प्रस्ताव नपाठएको हो ।
राष्ट्र बैंकले लिएको कतिपय नीतिहरू राम्रा भएपनि अहिले पेनिक अर्थतन्त्र बनिरहेका बेला यस्तो नीति अर्थतन्त्रका लागि घातक भइरहेको र अझ हुने राष्ट्र उच्च स्रोतको भनाइ छ । ‘कोभिड अगाडिको जस्तो सहज ढंगबाट बजार चलेको अवस्था भएमा अहिले गरेको नीतिगत व्यवस्था ठिक हुने थियो, उनले भने ‘लगानीकर्ताको आलोचना खेपिरहेको राष्ट्र बैंकले अब फेरि बैंकरहरूको समेत आलोचना खेप्नु पर्ने भएको छ ।